FAQs Complain Problems

Photo Gallery

यस नगरपालिकामा विगत डेढ बर्ष देखी प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत उप सचिव श्री डिल्लीराज बेल्वासे ज्यु सरुवा भई तानसेन नगरपालिकामा जानु भएकाले उहाँको विधाईका लागि आयोजीत कार्यक्रमका केही झलक ।

नगर प्रमुखको निर्देशनमा नगर स्वास्थ्य शाखाले आफ्नो निगरानी बढायो ।

सुन्दर नेपालको आयोजनामा  छेडागाड र भेरी नगरपालिकाको संयुक्त सहभागितामा छेडागाड नगरपालिका वडा नं. १३, कार्कीगाउँमा  यहि मिति २०७६।५।७ गते सँचालन भएको पारस्पारिक जवाफदेहिता कार्यक्रममा  भेरी नगरपालिका वडा नं ७ दोकाना स्थित चन्द्रज्योती आधारभुत विद्यालयमा मिति २०७६।०४।१९ देखि विद्यालयमा अध्ययनरत जम्मा २७७ विध्यार्थी मध्ये करिव १७/१८ जना छात्र छात्राहरुमा एक्कासी काप छुट्ने, रुने कराउने, पेट दुखेको सिकायत गर्ने , हातखुटृा चलाउने र व्यहोस जस्ता लक्षण देखिएर छात्रा छात्रहरु विरामी परेको खवर पाउनासाथ भेरी नगरपालिकाका नगर प्रमुख श्री चन्द्रप्रकाश घर्तीज्यूको निर्देशनमा नगर स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक श्री विरेन्द्र कुमार शर्मा र अहेव रत्न वहादुर घर्तीको टोलीले उक्त विद्यालयमा पुगी अध्ययन तथा चेक जाँच गरेका छन् ।

यसरी चेकजाँच गर्दा छात्र छात्राहरुलाई विशेष गरी किशोर किशोरीहरुमा देखिने विकृत तनाव ( Convulsive Disorder ) एउटा मानसिक स्वास्थ्य समस्या सम्वन्धी रोग रहेको विषय एकिन भएको छ । सो रोगको व्यवस्थापनवारे अविभावक, शिक्षक, समाज तथा विरामीको सम्पर्कमा आउने व्यक्तिहरुको भुमिका वारे शिक्षक, अविभावक र स्वयम विद्यार्थीहरुलाई करिव ३ घण्टा मानसिक स्वास्थ्य समस्यावारे भेरी नगरपालिकाका स्वास्थ्य संयोजक श्री विरेन्द्र कुमार शर्माले अनुशिक्षण परामर्श गर्नु भएको थियो । उक्त विद्यालयमा  गरिएको भेट – परामर्श पश्चात आज मिति २०७६।५।९ देखि नै विरामी संख्या घटेको र समस्या न्यून हुदै गएको कुरा सम्वन्धित विद्यालयका शिक्षक रेशम डांगीवाट वुझिन आएको छ ।

आफ्ना मनोभावनाहरुलाई अरुमाझ  अभिव्यक्ति गर्न नसक्दा प्राय किशोरीहरुमा वढी देखिने यो एउटा मानसिक स्वास्थ्य समस्या हो । यस विद्यालयमा समस्या देखिएका छात्र छात्रा मध्ये १४।१५ जना छात्राहरुमा  र १ जना छात्रमा यो समस्या देखिएको पाईयो ।

यस विषयमा हाल नगर स्वास्थ्य शाखाले यस समस्याको विषयमा  FOLLOW UP गरि रहेको छ भने नगर प्रमुखले आफ्नो निगरानी बढाई रहनु भएको छ ।

नेपाली सेनाको "QUICK IMPACT PROJECT" अन्तर्गत श्री ज्वालादल गणद्धारा भेरी नगरपालिकाको समेत सहयोगमा भेरी नगरपालिका वडा नं ४ जाजरकोट स्थित वि पि वाटिका (PICNIC SPOT) परिसरमा निर्माण गरिएको ट्रष्ट घर, शौचालय तथा पानी धाराको श्री ज्वालादल गणबाट भेरी नगरपालिका लाई हस्तान्तरण ।

, ,

"सुखि नेपाल-समृद्व नेपाल अभियानका लागि स्वस्थ नागरिक" भन्ने मुल नारा सहित 
पुरुष तथा महिला खुल्ला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ सम्पन्न । 
पुरुष तर्फ प्रथम ( दुर्गाराज बुढा ) द्धितीय ( टेकेन्द्र कुमार थापा ) र ( तृतीय दिपक कठायत ) ।
महिला तर्फ प्रथम ( सिता कुमारी शाही ) द्धितीय ( विमला राना ) तृतीय ( सुस्मीता रावल ) ।

, ,

गणतन्त्र दिवस २०७६ को अवसरमा भेरी नगरपालिका जाजरकोटको संयोजनमा जिल्लाका सम्पुर्ण कार्यालयमा कार्यरत कर्मचारी, जिल्ला समन्वय समिती प्रमुख नेतृत्वको जननिर्वाचित प्रतिनिधि ज्यूहरुहरु , राजनीतिक दल लगाएतको सहभागीमा जिल्ला सदरमुकाम खलंगा बजार सरसफाइ कार्यक्रम सम्पन्न !

आज मिति २०७५।१२।१० SEE को पहिलो दिन (अंग्रजी) भेरी नगरपालिकाका नगर उप-प्रमुख श्री भावना भण्डारी ज्युको नेतृत्तवमा नगर शिक्षा समितिको टोली, डिल्ली राज बेलवासे ( प्रमुख प्रशासकिय अधिकृत ), सुर्य लम्साल ( सुचना तथा प्रविधि अधिकृत ) र सदस्य शोभा सिंह द्धारा भे.न.पा. भित्रका दुई वटा ( श्री त्रिभुवन मा.वि. खलंगा र श्री शिव मा.वि. कालेगाउ ) परिक्षा केन्द्रमा अनुगमन गरियो ।

Pages