FAQs Complain Problems

काेभिड-१९ काे विश्वमहामारिबाट प्रभावित नागरिकलाई राहत सहयाेग पुर्‍याउन भेरी नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको ३ देखी ५ दिन सम्मको तलव बराबरको पारिश्रमिक सहयोग ।

काेभिड-१९ काे विश्वमहामारिबाट प्रभावित नागरिकलाई राहत सहयाेग पुर्‍याउन भेरी नगरपालिकामा कार्यरत स्वास्थ्य सेवा बाहेक अन्य सबै सेवामा कार्यरत सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूकाे मासिक तलवबाट शाखाअधिकृत र उपसचिव तह सम्मकाे ५ दिनकाे र ना.सु. तहसम्मको ३ दिन तलव बराबरको पारिश्रमिकबाट जम्मा हुन अाएकाे रकम रू १०,६७,४४१/ काेरना सहयाेग खातामा जम्मा गर्न नगरप्रमुख चन्द्र प्रकाश घर्तीलाई चेक हस्तान्तरण गर्दै ।