FAQs Complain Problems

समाचार

नगर प्रमुखको निर्देशनमा नगर स्वास्थ्य शाखाले आफ्नो निगरानी बढायो ।

नगर प्रमुखको निर्देशनमा नगर स्वास्थ्य शाखाले आफ्नो निगरानी बढायो ।

सुन्दर नेपालको आयोजनामा  छेडागाड र भेरी नगरपालिकाको संयुक्त सहभागितामा छेडागाड नगरपालिका वडा नं. १३, कार्कीगाउँमा  यहि मिति २०७६।५।७ गते सँचालन भएको पारस्पारिक जवाफदेहिता कार्यक्रममा  भेरी नगरपालिका वडा नं ७ दोकाना स्थित चन्द्रज्योती आधारभुत विद्यालयमा मिति २०७६।०४।१९ देखि विद्यालयमा अध्ययनरत जम्मा २७७ विध्यार्थी मध्ये करिव १७/१८ जना छात्र छात्राहरुमा एक्कासी काप छुट्ने, रुने कराउने, पेट दुखेको सिकायत गर्ने , हातखुटृा चलाउने र व्यहोस जस्ता लक्षण देखिएर छात्रा छात्रहरु विरामी परेको खवर पाउनासाथ भेरी नगरपालिकाका नगर प्रमुख श्री चन्द्रप्रकाश घर्तीज्यूको निर्देशनमा नगर स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक श्री विरेन्द्र कुमार शर्मा र अहेव रत्न वहादुर घर्तीको टोलीले उक्त विद्यालयमा पुगी अध्ययन तथा चेक जाँच गरेका छन् ।

यसरी चेकजाँच गर्दा छात्र छात्राहरुलाई विशेष गरी किशोर किशोरीहरुमा देखिने विकृत तनाव ( Convulsive Disorder ) एउटा मानसिक स्वास्थ्य समस्या सम्वन्धी रोग रहेको विषय एकिन भएको छ । सो रोगको व्यवस्थापनवारे अविभावक, शिक्षक, समाज तथा विरामीको सम्पर्कमा आउने व्यक्तिहरुको भुमिका वारे शिक्षक, अविभावक र स्वयम विद्यार्थीहरुलाई करिव ३ घण्टा मानसिक स्वास्थ्य समस्यावारे भेरी नगरपालिकाका स्वास्थ्य संयोजक श्री विरेन्द्र कुमार शर्माले अनुशिक्षण परामर्श गर्नु भएको थियो । उक्त विद्यालयमा  गरिएको भेट – परामर्श पश्चात आज मिति २०७६।५।९ देखि नै विरामी संख्या घटेको र समस्या न्यून हुदै गएको कुरा सम्वन्धित विद्यालयका शिक्षक रेशम डांगीवाट वुझिन आएको छ ।

आफ्ना मनोभावनाहरुलाई अरुमाझ  अभिव्यक्ति गर्न नसक्दा प्राय किशोरीहरुमा वढी देखिने यो एउटा मानसिक स्वास्थ्य समस्या हो । यस विद्यालयमा समस्या देखिएका छात्र छात्रा मध्ये १४।१५ जना छात्राहरुमा  र १ जना छात्रमा यो समस्या देखिएको पाईयो ।

यस विषयमा हाल नगर स्वास्थ्य शाखाले यस समस्याको विषयमा  FOLLOW UP गरि रहेको छ भने नगर प्रमुखले आफ्नो निगरानी बढाई रहनु भएको छ ।