समाचार
भेरी नगरपालिकाको ११ औ नगर सभा सम्पन्न ।
आर्थिक बर्ष २०७९।८० मा यस नगरपालिकाले जम्मा रू ६८ करोड ४० लाख ३१ हजार ८ सय ५० रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान रू १२ करोड ६० लाख, सशर्त अनुदान चालुतर्फ रू २७ करोड ५ लाख, पूँजीगततर्फ रु ९ करोड ८ लाख, राजश्व बाँडफाँड वापत रू ११ करोड ६७ लाख ४९ हजार, बिशेष अनुदान रू २० लाख गरी जम्मा रु ६० करोड ६० लाख ४९ हजार र कर्णाली प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान रू १ करोड २८ लाख ४५ हजार, राजश्व बाँडफाँड वापत रू १० लाख ९७ हजार ८ सय ५०, सशर्त अनुदान पुँजीगत ४ करोड ७० लाख, चालुतर्फ ५ लाख ४० हजार गरि जम्मा रु ६ करोड ८४ लाख ३९ हजार ८ सय ५० र नगरपालिकाको आन्तरिक श्रोतबाट रू १ करोड ६५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।