समाचार
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि विधुतिय आपुर्ति व्यवस्थापन सूचना प्रणाली (eLMIS) को तालिम संचलान ।
स्वास्थ्य सेवालाई र स्थानिय तहमा विस्तार गर्नको लागि आवश्यक पर्ने औषधी, खोप तथा अन्य विभिन्न स्वास्थ्य सामाग्रीहरुको आपुर्ति व्यवस्थापनलाई सुदृढ गर्नको लागि eLMIS प्रणालीको ठुलो योगदान रहेको छ । तथ्यांकमा आधारित यस प्रणालीले आपुर्ति व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णयहरु जस्तै योजना तर्जुमा, प्रक्षेपण, परिमाण निर्धारण, खरिद योजना, पाइपलाईन अनुगमन, उचित भण्डारण तथा वितरण गरीएको संख्या लगायत मौज्दात परिमाण, म्याद गुज्रने मिति, ब्याच नम्बर, म्याद गुज्रिई खेर गएको संख्या, अधिक मौज्दात, न्युन मौज्दात, शुन्य मौज्दात जस्ता महत्वपुर्ण सूचनाहरु (Real Time Data) उपलब्ध गराई अनुगमन तथा योजना तर्जुमा गर्नमा सघाउछ । eLMIS प्रणालीलाई स्वास्थ्य संस्थासम्म पुर्याई HMIS प्रणाली संग Integrate गर्ने उदेश्यले यो तालिमको आयोजना गरिएको हो ।