समाचार
स्वागतम !!!!!
भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०७७४७७, ९८५८०६२१११ र ९८४८०९६९८५ मा फोन गर्नुहुन अनुरोध छ ।
नगरपालिकाको संक्षिप्त परिचय
भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ । नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ । जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो । यस भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो । साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।
Services


- निवेदन पत्र
- बालकको बाबु आमाको नागरिकता
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि


- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसंग सम्बन्ध जोडिने प्रमाण पत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


- निवेदन पत्र
- दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद


- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- बसाई सरी आएको भए सोको प्रमाण पत्र
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
आवश्यकता अनुसार सर्जमिन मुचुल्का


- दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
- बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र
- दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि


- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमाणित पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- सरजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद


- घर कायम गरी पाउँ भन्ने निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्वन्धित जग्गाको लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद


- आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
- घर बहाल सम्झौता पत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचलय खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात
- आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यकता परे सर्जमिन मुचुल्का


- व्यवसाय संचालन नभएको कारण सहितको पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहमा व्यवसाय दर्ता गरेको प्रमाण पत्र
- आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घर बहाल सभ्झौता पत्रको प्रतिलिपि


- निवेदन पत्र
- व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
- आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दुई प्रति पासपोर्ट साईजको फोटो
- सर्जमिन मुचुल्का